हङकङका स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार २८ जना संक्रमति भइसक्दा त्यहाँ १ जनाको मृत्यु भएको छ।
सरकारले शनिबार चीनबाट हङकङ प्रवेश गर्न चाहनेले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइसकेको छ। यो नियमका कारण कोरोनाको संक्रमणमा नियन्त्रण आउने अनुमान गरिएको छ।
कोरोनाको संक्रमण फैलिन थालेपछि हाल हङकङबासीहरु बजारमा गई धेरै खाद्यान्न किन्न थालेका छन्।
त्यहाँको स्वास्थ्यमन्त्री सोफिया चानले हङकङमा खाद्य सामाग्री पर्याप्त भएकाले त्यसरी त्रसित नहुन आग्रह गरेकी छिन्।
हाल हङकङमा विद्यालयहरु बन्द गरिएका छन्। चीन जाने रेल तथा डुंगा सेवा ठप्प पारिएका छन्।
प्रतिक्रिया