ad ad

राजनीति


नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी

 नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी

नेपालखबर
माघ ९, २०७६ बिहिबार ११:४३,

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता  नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका छन्।

बिहीबार सम्पन्न निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कांग्रेसका सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतको अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन्।

श्रेष्ठले तीन हजार चार सय ६२ मत प्राप्त गरेका छन् भने रेग्मीले दुई हजार दुई सय ४४ मत प्राप्त गरेका थिए।

त्यस्तै महिलातफ नेकपाकै भगवती गौतम विजयी भएकी छन्। उनीले नेपाली कांग्रेसकी विमला गौचनलाई पराजित गरेकी हुन। न्यौपानेले ३ हजार ३ सय ६६ मत प्राप्त गरिन् भने गौचनले २ हजार ३ सय ४० मत प्राप्त गरेकी छन्।

श्रेष्ठ गत प्रतिनिधिसभामा गोरखा क्षेत्र नम्बर २ बाट समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइसँग पराजित भएका थिए भने न्यौपाने पनि गत स्थानीय निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .