गत नोभेम्बरमा क्वान का–विङले प्रदर्शनकारीमाथि गोली चलाएका थिए। उनीविरुद्ध डेमोक्रेटिक पार्टीका सांसद टेड हुई चि–फुङले हत्या प्रयासको आरोपमा अदालतमा मुद्दा दर्ता गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
अदालतले प्रहरी क्वानमाथि लागेको आरोप न्यायोचित र अर्थपूर्ण नठानेसम्म उनी अदालत भने उपस्थित हुनु पर्नेछैन।
व्यक्तिगत प्रहरीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको यस घटनालाई निकै दुर्लभ मानिएको छ।
यसअघि प्रदर्शनकारीले प्रहरीले आफूहरुमाथि ज्यादती भएको भन्दै त्यसमा छानबिन हुनुपर्ने बताउँदै आएका थिए।
प्रतिक्रिया