ad ad

राजनीति


नीजि क्षेत्रलाई पर्यटनमन्त्रीको आह्वानः नेपाल भ्रमण वर्षलाई राष्ट्रिय उत्वसका रुपमा मनाऔं

नीजि क्षेत्रलाई पर्यटनमन्त्रीको आह्वानः नेपाल भ्रमण वर्षलाई राष्ट्रिय उत्वसका रुपमा मनाऔं

नेपालखबर
पुस ६, २०७६ आइतबार १२:३१,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन योगेश भट्टराईले नेपाल भ्रमण वर्ष – २०२० लाई राष्ट्रिय उत्वसका रुपमा मनाउन नीजि क्षेत्रलाई आह्वान गरेका छन्।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान र परिचयको प्रचार–प्रसार गर्दै पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्ने कार्यक्रमको बनाउनु पर्नेमा मन्त्री भट्टराईको जोड छ।

आइतबार नेपाल भ्रमर्ण वर्ष–२०२० को तयारीका सन्दर्भमा आयोजित नीजि क्षेत्रका संघ–संस्थाहरुसँगको छलफलमा कार्यक्रममा मन्त्री भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ केवल ‘इभेन्ट’का रुपमा नभई दीर्घकालिन आधारशिला बनाउने कार्यक्रम बनाउने तर्फ सरकारको जोड रहेको बताए। ‘नेपाल भ्रमण वर्ष–२०२०’ ले नेपालको नयाँ क्षितिज र नयाँ बाटोको विश्व सामु देखाउने उनको भनाई छ।

लामो समयको संघर्षपछि राजनीतिक संघर्ष टुंगोमा पुगेर मुलक आर्थिक समृद्धिको बाटोमा हिडेको उल्लेख गर्दै मन्त्री भट्टराईले अबको सबैको साझा एजेन्डा आर्थिक समृद्धि हुनुपर्ने बताए । उनले भने, ‘अब तपाई हामी एउटै बाटोमा आइपुगेका छौं। त्यो साझा बाटो हो, आर्थिक समृद्धिको अभियान।’

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, यातायात व्यवसायी महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ, नेपाल साना घरेलु उद्योग महासंघ, नेपाल वैदेशिक रोजगारी व्यवसायी संघ, नेपाल खुद्रा व्यवसायी संघ लगायतका प्रमुखहरुको उपस्थितिमा थियो।

मन्त्री भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ कार्यक्रमबाट विश्व समुदायलाई नेपाल अब शान्ति, समृद्धि र स्थायीत्वको बाटोमा अघि बढेको सन्देश दिनुपर्ने बताए। उनले भने, ‘नेपालको अबको बाटो समृद्धिको हो, नेपाल लगानीको लागि उयुक्क्त ठाउँ हो भन्ने सन्देश हामीले दिनेछौं।’

मन्त्री भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को प्रचार तथा प्रबद्र्धनको निम्ती ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’को लोगो आफ्ना उत्पादनको सामग्रीहरुमा प्रयोग गर्न आग्रह समेत गरे। मन्त्री भट्टराईले अब गुनासो वा माग राखेर हिड्नेभन्दा पनि मुलुकलाई समृद्धिको बाटोमा लैजान सबै क्रियाशिल हुनुपर्ने समय आएको बताए। उनले भने, ‘अब गुनासो होइन देश निर्माणका एजेन्डा बोकेर सबै लाग्नुपर्छ।’

कार्यक्रममा नेपाल नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भ्रमण वर्षलाई प्रचार–प्रसार तथा प्रबद्र्धनमा महासंघ जुटिरहेका जानकारी दिइन्। महासंघको १ सय ६ वटा जिल्ला तथा नगर, १ सय ५ वटा एशोसिएट शाखाहरु सबै यो कार्यक्रमलाई सफल बनाउन जुटेको बताइन्। महासंघले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा भ्रमण वर्षको प्रमोशन गरेको अध्यक्ष राणाको भनाई छ। भनिन्, ‘हामी जहाँ जान्छौं, त्यहाँ प्रमोशन गरेका छौं।’

नेपाल उद्योग परिसरका अध्यक्ष सतिश कुमार मोरले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’लाई सफल बनाउन नीजि क्षेत्रको पनि कर्तव्य र दायित्व भएको बताए। अध्यक्ष मोरले बाहिर निर्यात गरिने नेपालका उत्पादनहरुमा ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’को लोगो राख्ने प्रतिबद्धता जनाए। नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष राजेशकाजी श्रेष्ठ ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’मा आउने २० लाख पर्यटकको संख्या भन्दा सन्देश महत्वपूर्ण हुने बताए। अध्यक्ष श्रेष्ठले भने, ‘संख्या ठूलो होइन्, सन्देश ठूलो कुरा हो। सन्देश राम्रो गइरहेको छ।’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले पर्यटनको निम्ति पूर्वाधार निर्माण जरुरी रहेको भन्दै ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ लाई मध्यनजर गरेर भौतिक पूर्वाधारलाई तिब्रता दिइनु पर्ने बताए। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले विदेश जाने नेपाली कामदारहरु मार्फत भ्रमर्ण वर्षको प्रचार गरीरहेको जानकारी दिए। वैदेशिक रोजगारमा जाने हरेक कामदारलाई भ्रमण वर्षको टोपी अनिवार्य गरिएको उनको भनाई छ।

कार्यक्रममा नेपाल साना घरेलु उद्योग महांघका अध्यक्ष श्याम गिरी, नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य, नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य लगायतले भ्रमर्ण सफल बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए। कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ सचिवालय संयोजक सुरज वैद्य र पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले तयारीका विषयमा जानकारी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .