ad ad

कारोबार


‘माथिल्लो कर्णालीको विद्युत बेच्ने जिम्मा जीएमआरलाई दिनु गलत’

‘माथिल्लो कर्णालीको विद्युत बेच्ने जिम्मा जीएमआरलाई दिनु गलत’

नेपालखबर
पुस ६, २०७६ आइतबार १२:३७,

‘माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान’ ले माथिल्लो कर्णालीको विद्युत बंगलादेशलाई बेच्ने जिम्मा भारतीय कम्पनी जीएमआरलाई दिनु गलत भएको बताएको छ।

आइतबार विज्ञप्ति निकालेर अभियानले १२ वर्षसम्म नदी कब्जा गरेर बसेको जीएमआरलाई नै माथिल्लो कर्णाली सुम्पनु र उत्पादिन विजुली बंगलादेश बेच्न दिनु आपत्तिजनक भएको बताएको हो।

‘माथिल्लो कर्णाली बचाऔं’ राष्ट्रिय अभियानका अध्यक्ष भरत बहादुर शाहीद्वारा जारी विज्ञप्तिमा ‘२०७१ असोज ३ गते भएको राष्ट्रघाती (पीडीए) सम्झौता २०७५ असोज २ गते नै कानुनी रूपमा खारेज भइ रद्धिको टोकरीमा गईसकेको अवस्थामा मरिसकेको सम्झौतालाई फेरि ब्युताउँदै १२ वर्षसम्म बिजुली उत्पादनको नाममा नदी कब्जा गरेर बसेको जीएमआर कम्पनीलाई नै बंगलादेशलाई विजुली बेच्न दिएको’ आरोप लगाइएको छ।

बंगलादेश सरकारले हालै नेपालको माथिल्लो कर्णाली आयोजनाको विजुली खरिद गर्ने निर्णय गरेको छ। भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय भएको हो।

बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरीद समितिले विद्युत् खरीद गर्ने निर्णयलाई स्वीकृत गरेको छ। निर्णय अनुसार बंगलादेशले प्रतियुनिट ७.७ सेन्टमा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरीद गर्नेछ। बंगलादेशले २५ वर्षसम्म विद्युत् खरीद गर्ने जनाइएको छ ।

याे पनि : माथिल्लो कर्णालीको विद्युत् खरीद गर्ने बंगलादेश सरकारको निर्णय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .