ad ad

खेल


कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिमा कारण देखाऊ आदेश जारी

कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिमा कारण देखाऊ आदेश जारी

नेपालखबर
पुस १६, २०७७ बिहिबार ११:५६,

उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ।

कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पुस ६ गते कालिकोटका विश्वमित्र सन्ज्याललाई प्रदेश खेलकुद परिषद्को सदस्यसचिव नियुक्त गरेको थियो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दबाबमा सुरुमा सिफरिसमै नरहेका सन्ज्याललाई परिषद्को सदस्यसचिव नियुक्त गरिएको स्रोतको दाबी छ।

सदस्यसचिव नियुक्ति कानुनसम्मत नभएको भन्दै ऋषि गिरीले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतविरुद्ध सोमबार मुद्दा दायर गरेका थिए।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको नाममा मंगलबार कारण देखाउ आदेश जारी गरेको हो।

मंगलबार सुनुवाइ गर्दै न्यायाधीश सुवेदीले कारण देखाउ आदेश जारी गरेका हुन्। मुद्दा दायर गरेका गिरी र कर्णाली प्रदेशलाई पुस २० गते अन्तरिम आदेशका लागि छलफल गर्न बोलाएको छ।

कर्णाली प्रदेश सरकारले उपाध्यक्ष, सदस्य सचिव र ५ सदस्य नियुक्त गरी ९ सदस्यीय परिषद्लाई सोमबार पूर्णता दिएको थियो। परिषद्को पूर्णतासँगै नियुक्तिको विषयमा विवाद भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .