ad ad

समाज


टेकु पुल निर्माणमा लापरवाही गर्ने तत्कालीन आयोजना प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

टेकु पुल निर्माणमा लापरवाही गर्ने तत्कालीन आयोजना प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
पुस १६, २०७७ बिहिबार १२:१,

काठमाडौंको टेकुमा निर्मित पुल निर्माणमा लापरवाही गरी राज्यलाई हानी नोक्सानी पारेको आरोपमा तत्कालीन आयोजना कार्यान्वयन ईकाइका निमित्त आयोजना प्रमुख वेलबहादुर नेपालीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख नेपालीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

काठमाडौं दिगो शहरी यातायात आयोजनाअन्तर्गत काठमाडौको टेकुमा निर्माण व्यावसायी ‘जेडआईईसी पप्पु जेभी’द्वारा निर्माणाधीन पुल सम्झौता बमोजिमको शर्त र मापदण्ड, स्वीकृत डिजाइन तथा स्पेशिफिकेसन बमोजिम निर्माण नगरेकोले आयोजनाले काम रोकी त्रुटी सच्याउन पत्राचार गरे पनि निर्माण व्यावसायीद्वारा निर्देशनको बेवास्ता गरी पुल निर्माण अगाडि बढाएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गरि मुद्दा चलाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार तत्कालीन आयोजना कार्यान्वयन ईकाइका निमित्त आयोजना प्रमुख वेल बहादुर नेपालीले उक्त ठेक्काअन्तर्गतको कार्यसम्पादन जमानत नवीकरण नगरी म्याद सकिसकेको अवस्थामा समेत आयोजना इकाइको तर्फबाट निमित्त आयोजना प्रमुख आफूले नै टिप्पणी उठाई ठेक्काको तेश्रो चोटीको लागि म्याद थप सिफारिस गरेको र सोही सिफारिसको आधारमा कार्यसम्पादन जमानत बराबरको हुने रकम फुकुवा हुन गई नेपाल सरकारलाई हानिनोक्सानी हुन गएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरजन्य कार्य भएकोले निजलाई बिगो एक करोड १४ लाख ७६ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेवमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम सजाय गरी हिनामिना भएको रकम ऐ। ऐनको को दफा १७ अनुसार निजबाट असुलउपर हुन मागदाबी लिइएको छ।

यस्तै, तत्कालीन लेखा अधिकृत नारायण बहादुर थापा, तत्कालीन लेखापाल गिरी प्रसाद श्रेष्ठ, तत्कालीन लेखा अधिकृत श्याम बहादुर खत्री र ठेक्काको अख्तियारनामा प्राप्त सुमित रौनियारविरुद्ध जनही एक करोड १४ लाख ७६ हजार रुपैयाँ विगो कायम गरिएको छ ।

यस्तै, उक्त जेभीको लिड पार्टनर जेङ जुनयाङ विदेशी नागरिक भएको देखिएकोले निजको हकमा पछि नेपाल सरहदमा फेला परेमा कानूनबमोजिम थप आरोपपत्र पेश गर्ने गरी हाल ठेक्काको अख्तियारनामा प्राप्त सुमित रौनियार उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा ४ बमोजिम बिगो रकम असुलउपर गरी जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .