ad ad

समाज


कुर्सीमा बस्ने विषयमा विवादः एक विद्यार्थीले आफ्नै साथीलाई गोली हानी मारे

कुर्सीमा बस्ने विषयमा विवादः एक विद्यार्थीले आफ्नै साथीलाई गोली हानी मारे

नेपालखबर
पुस १६, २०७७ बिहिबार १२:३,

भारतको उत्तरप्रदेशको एक विद्यालयमा गोली चल्दा १० कक्षामा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको छ।

उत्तरप्रदेशको बुलन्दसहरको सुरजभान सरस्वती विद्यामन्दिर इन्टर कलेजमा अध्ययनरत कक्षा १० का विद्यार्थीले आफ्नै साथीलाई गोली हानेर हत्या गरेका हुन्।

ती दुर्य विद्यार्थीबीच कक्षामा कुर्सी हटाउने विषयमा विवाद भएको र विवाद लगत्तै एक विद्यार्थीले गोली चलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हत्या आरोपी ती विद्यार्थीले आफ्नै फौजी काकाको लाइसेन्सप्राप्त पेस्तोल झोलामा लुकाएर ल्याएको बताइएको छ।

ती विद्यार्थीले साथीमाथि गोली प्रहार गर्ने समयमा शिक्षक कक्षाभित्रै थिए। उनले आफूले पढाइरहेको समयमा गोलीको आवाज सुनेको बताए।

‘म कक्षामा पढाउँदै थिए, अचानक दुई पटक गोली चलेको आवाज आयो, त्यसपछि कक्षा सुनसान भयो, फर्केर हेर्दा एक विद्यार्थीको लास त्यहाँ रहेको थियो र अर्को विद्यार्थी हातमा पिस्तोल लिएर उभिरहेकाे थियो’, ती शिक्षकले भने। उनले यो देखेपछि कक्षामा भागदौड मच्चिएको बताए। हत्याका आरोपी ती विद्यार्थी पनि भाग्न थालेपछि आफूले समातेर प्रहरीमा बुझाएको ती शिक्षकले बताएका छन्।

बुलन्दसहरका एसपीले हत्या आरोपी १४ वर्षीय ती छात्राको कक्षामा कुर्सीमा बस्ने क्रममा झगडा भएको र केहीबेरको पिटापिटपछि ती छात्राले झोलाबाट पेस्तोल झिकेर टार्जन नामका ती साथीमाथि प्रहार गरेको बताएका छन्।

हत्याका आरोपी ती विद्यार्थीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .