दाङमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको महिला टोलीको घोषणा भएको छ।
गण्डकी प्रादेशिक क्रिकेट संघले शिला रेग्मी क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला टोलीको घोषणा गरेको हो।
प्रतियोगिताका लागि कप्तान शिलासँगै उपकप्तान सिमाना केसी, एलिसा लामिछाने, सृष्टि पौडेल, सृजना पौडेल, ज्योत्स्नीका मरासिनी, सोनिया थापा (विकेट किपर), पुर्णता शाही, प्रमिला बानिया, गंगा लुयली, कुसुम गोदार, अञ्जली विक, अमृता वाग्ले, र बिन्दु थापा मगर छन्।
सारिका गुरुङ, प्रतिमा बानिया, प्रतिक्षा सुवेदी र निस्मा गुरुङ वैकल्पिक खेलाडीको रुपमा छन्। प्रशिक्षकमा गोविन्द प्रधान र टिम म्यानेजरमा अर्जुन कुमार थापा छन्।
प्रतियोगिता दाङको लमहीमा पुष ११ गतेबाट सुरु हुनेछ।
99
Shares
प्रतिक्रिया