ad ad

खेल


‘सशस्त्र प्रहरी महानिरीक्षक कप’ अन्तर्गत सोमबार भए यी खेलहरु

‘सशस्त्र प्रहरी महानिरीक्षक कप’ अन्तर्गत सोमबार भए यी खेलहरु

नेपालखबर
पुस ६, २०७७ सोमबार १३:१९,

‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७७’ अन्तर्गत सोमबार विभिन्न खेलहरु सम्पन्न भएका छन्।

प्रतियोगिताको आज भएको पुरुष फुटबलतर्फको सेमी फाईनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीलाई २– गोलले पराजित गरेको छ।

यस्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीलाई १–० गोलले पराजित गरी दुवै टिम फाईनलमा प्रवेश गरेका छन्।

यसैगरी भलिबलतर्फको खेलमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीलाई २५–२३, २५–१५, २२–२५, २५–२३ र १५–१३ को स्कोरले पराजित गरी तेस्रो स्थान हासिल गरेको छ।

यसैगरी सो प्रतियोगिताको आज भएको एथलेटिक्सतर्फको पुरुष लङ्गजम्पमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका सशस्त्र प्रहरी जवान राजु चौधरी प्रथम भएका छन्भ ने सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी जवान जर्मन कार्की दोश्रो तथा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका सशस्त्र प्रहरी जवान मंगल थारु तेस्रो भएका छन्।

फुटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’मा १८ जना महिलासहित कूल २ सय ७० जना खेलाडीहरुको सहभागिता रहेको छ।

प्रतियोगिता भोलि मंगलबारसम्म नेपाल एपीएफ रंगशाला र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .