पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका–८ पिपरपातीबाट सशस्त्र प्रहरीको एपीएफ टोलीले करीब ६ लाख २४ हजार रुपैयाँ बराबरको चोरीनिकासीको रेडबुल बरामद गरेको छ।
लु १ च २०५५ नम्बरको पिकअप गाडीमा राखी नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त रेडबुल सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गुठीप्रर्सौनीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
त्यसबेला एपीएफ टोलीले उक्त पिकअप गाडी समेत बरामद गरेको छ।
बरामद रेडबुल तथा गाडी भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ। उक्त गाडीको भन्सार दाखिला मूल्य १० लाख रुपैयाँ रहेको छ।
3
Shares
प्रतिक्रिया