जारी १३ औं साग खेलकुदमा बिहीबार तेक्वान्दोका भुपेन श्रेष्ठले स्वर्ण पदक हात पारेका छन्।
भुपेनले ८७ केजीभन्दा तलको समूहमा भारतीय खेलाडी अक्षय होडालाई २९–२७ को स्कोरमा पराजित गरेका हुन्।
भुपेनले खेल जितेसँगै नेपालको स्वर्ण संख्या ३४ पुगेको छ।
बिहीबार तेक्वान्दोको यो पहिलो स्वर्ण पदक हो। यससँगै तेक्वान्दोको स्वर्ण संख्या १२ पुगेको छ।
प्रतिक्रिया