इन्डो–प्यासिफिक सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री र्यान्डल जी श्राइबरले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बिहीबार भेटवार्ता गरेका छन्।
भेटमा इन्डो–प्यासिफक रणनीतिका विषयमा छलफल भएको बताइएको छ। पछिल्लो समय अमेरिकाले नेपाललाई यो रणनीतिअन्तर्गत राखेको जनाउँदै आएको छ भने नेपालले आफू उक्त रणनीतिको हिस्सा नभएको स्पष्ट पार्दै आएको छ।
श्राइबरले बुधबार नै प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गरेका छन्। भेटमा नेपाल र अमेरिकाबीचको रक्षा सहकार्यको विषयमा छलफल भएको बताइएको छ।
भेटमा श्राइबरले थापालाई अमेरिकाले नेपाली सेनालाई दिने भनिएको दुई वटा स्काइट्रक अर्को महिना उपलब्ध गराउने जानकारी पनि दिएका छन्।
भूकम्पलगत्तै सन् २०१६ मा अमेरिकी सेनाले नेपाली सेनालाई चार वटा एम२८ स्काइ ट्रक प्रदान गर्ने बताएको थियो।
प्रतिक्रिया