नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले देशको सबै पावर झापाका एमाले नेताहरुसँगै भएको टिप्पणी गरेका छन्।
शनिबार कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले प्रधानमन्त्री, सभामुख, भौतिक पूर्वाधार मन्त्री पनि अहिले झापाका एमाले नै रहेको भन्दै देश भने नेपाली कांग्रेसले बनाउने बताए।
सिटौलाले आगामी चुनावसम्म एमालेसँगै सहकार्य हुने र चुनावमा प्रतिष्पर्धा पनि एमालेसँगै हुने बताए। उनले भने, ‘आगामी निर्वाचनमा एमालेसँगै सँगसँगै जाने पनि हो। र, चुनावमा एमालेसँगै प्रतिष्पर्धा गर्ने पनि हो। त्यो प्रतिष्पर्धामा नेपाली कांग्रेसले बहुमतका साथ जितेर झापाबाट निस्कन सक्नुपर्दछ।’
Shares
प्रतिक्रिया