ad ad

कारोबार


‘विकास निर्माणमा राजनीतिज्ञले दूरगामी दृष्टिकोण राख्न सकेनन्’

‘विकास निर्माणमा राजनीतिज्ञले दूरगामी दृष्टिकोण राख्न सकेनन्’

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ११:२१,

प्रदेश मन्त्रीहरुले पुराना परियोजनालाई व्यवस्थित बनाउन नसक्दा विकास र समृद्धिको अवस्था कमजोर देखिएको बताएका छन्।

समृद्धि र विकासबारे बिहीबार काठमाडौंमा आयोजित ‘आर्थिक समृद्धि र राजनीति’सम्बन्धी कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले सरकारले पुराना परियोजनालाई व्यवस्थित रुपले प्रयोगमा ल्याउन नसकेको बताए। उनले विकास निर्माण र आर्थिक समृद्धिका लागि राजनीतिज्ञहरुले दुरगामी दृष्टिकोण राख्न नसकेको समेत बताए।

उनले पर्यटन वर्ष मनाउँदै गर्दा त्यसलाई असर पार्नेगरी आएका प्रतिवेदनहरुमा कसैले चासो नदिएको समेत बताए।

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले आर्थिक विकासका लागि नेपालको हावापानीको आधारमा कृषि उत्पादनलाई बढाउनुपर्ने बताए। उनले कामको अवसर र उत्पादनको अत्याधिक सम्भावनालाई छाडेर विदेश जानुपर्ने अवस्थाको अन्त्य गरे मात्र विकास सम्भव रहेको बताए।

कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराइले संघीय सरकार, प्रदेश र स्थानीय तहले पहिलो वर्षमा विकासको आधार निर्माण गरेकाले देशको आर्थिक वृद्धिदर ७ प्रतिशत पुगेको बताए। उनले कृषि, पर्यटन लगायतका क्षेत्रमा सकारात्मक परिणामहरु देखापरेको बताए।

कार्यक्रममा सहभागीहरुले असल नागरिक उत्पादन गर्ने क्षमता राजनीतिज्ञहरुसँग नभएकाले विकास निर्माणले गति लिन नसकेको बताए। त्यस्तै कार्यक्रममा आर्थिक विकास र समृद्धिका विषयमा राजनीतिक रुपमै शिक्षा फैलाउनुपर्नेमा जोड दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .