ad ad

समाज


कोरोनाको नयाँ प्रकारले ग्रस्त बेलायतमा एकै दिन थपिए ५४ हजार संक्रमित

कोरोनाको नयाँ प्रकारले ग्रस्त बेलायतमा एकै दिन थपिए ५४ हजार संक्रमित

नेपालखबर
पुस १९, २०७७ आइतबार १७:२५,

यो संख्या आइतबार थपिएको कोरोना संक्रमितको सबैभन्दा ठूलो संख्या हो।

बीबीसीका अनुसार गएको २४ घण्टामा बेलायतमा ५४ हजार ९९० नयाँ कोरोना संक्रमितहरु थपिएका हुन्। सोही अवधिमा बेलायतमा ४५४ को कोरोनाका कारण मृत्यु भयो।

लगातार ६ दिनयता ५० हजारभन्दा बढीको दरले संक्रमित थपिन थालेपछि बेलायतले कोरोनाविरुद्धको नियमलाई थप कडा बनाउने योजना बनाएको छ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार बीबीसीसँग कोरोनाविरद्धको नियम पहिलेभन्दा कडा बनाइने जानकारी दिए।

जोन्सनले सोमबारदेखि अधिकांस स्थानमा संचालन हुने भनेको विद्यालयहरु बन्द गर्न सकिने पनि बताए। यद्यपी उनले क्षेत्रीय नियमलाई पालना गर्न र विद्यालय लाग्ने भनिएको स्थानमा विद्यालय लाग्ने बताए।

यद्यपी बेलायत तथा साउथ–इस्ट इंगल्यान्डका क्षेत्ररुमा दुई हप्तासम्म विद्यालय बन्द हने भएको छ। यी क्षेत्रहरुमा नयाँ कोरोना भाइरसको त्रासदी फैलिएको छ।

नयाँ कोरोना भाइरस पहिलेभन्दा ७० प्रतिशत संक्रामक भएको बताइएको छ। यद्यपी विभिन्न अध्ययनले यो पहिलेभन्दा खतरनाक भने नभएको जनाएका छन्।

जोन्सनले आगामी तीन महिना भित्र एक करोड व्यक्तिहरुमा कोरोना खोपको पहिलो डोज प्रयोग गरिसक्ने पनि जनाएका छन्। खोप लगाएपछि कोरोना नियन्त्रण गर्न मद्दत पुग्ने उनको भनाइ छ।

बेलायतमा हाल फाइजर–बायोएनटेक तथा अक्सफोर्ड–एस्ट्राजेनिकाको खोपलाई प्रयोगका लागि अनुमति दिइएको छ।

आइतबारसम्म बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या २६ लाख ५४ हजार भन्दा बढी पुगेको छ। यहाँ ७५ हजारको ज्यान गइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .