मालीको सिमाना नजिक पर्ने अफ्रिकी मुलुक नाइजरको पश्चिमी तिल्लाबेरी क्षेत्रको नाइजेरियाली गाउँमा सशस्त्र हतियारधारी समूहले आक्रमण गर्दा कम्तिमा ७० नागरिकको मृत्यु भएको छ। आक्रमणमा परि अन्य २० जना घाइते भएका छन्।
मोटरसाइकलमा ठूलो सङ्ख्यामा आएका आक्रमणकारीले आफ्नो समूहका दुई नेता मारिएको बदलामा गरेको आक्रमणमा निहत्था गाउँले मारिएका हुन्।
आइतबार मात्रै आतङ्ककारी समूहका दुई सदस्य गाउँलेहरूसँगको झडपमा मारिएका थिए। नाइजरको यो भाग हालका वर्षहरूमा हिंसात्मक आक्रमणबाट निकै प्रभावित क्षेत्र हो। एजेन्सी
प्रतिक्रिया