ad ad

समाज


नेपालमा ९७.२ प्रतिशत कोरोना संक्रमणमुक्त

नेपालमा ९७.२ प्रतिशत कोरोना संक्रमणमुक्त

नेपालखबर
पुस १९, २०७७ आइतबार २३:४३,

नेपालमा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको छ। हालसम्म २ लाख ५४ हजार ४९४ जना (९७.२ प्रतिशत) कोरोना सङ्क्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आइतबारसम्म नेपालमा कूल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार गएको बुधबारदेखि आइतबारसम्म दुई हजार ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा तीन हजार १८२ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा पाँच हजार ८०० जनाको नमूना परीक्षण गर्दा ४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। काठमाडौँमा उपत्यकामा (भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौँमा १६०) १९७ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ।

गएको २४ घण्टामा ६३७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । गत बुधबारदेखि आइतबारसम्म ३८ को कोरोना संक्रमणबाट मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .