ad ad

समाज


गण्डकीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, संक्रमितको संख्या ३ हजार नाघ्यो

गण्डकीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, संक्रमितको संख्या ३ हजार नाघ्यो

वाशुदेव मिश्र
भदौ २९, २०७७ सोमबार ६:३३,

कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा थप एक महिलाको मृत्यु भएको छ।

नवलपरासीको गैंडाकोट नगरपालिका–९ कि ६० वर्षीया महिलाको चितवन मेडिकल कजेलमा भएको मृत्युको कारक कोरोना प्रमाणित भएपछि गण्डकीमा संक्रमणबाट मृत्यु हुनेको संख्या पनि २९ पुगेको छ।

उनको भदौ २८ गते नै निधन भएको र गण्डकीले ढिलो गरी मृत्युको जानकारी बाहिर ल्याएको हो। ती महिलामा निमोनिया, मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताइउको छ।

 यसअघि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार बिहान दिएको जानकारी अनुसार नवलपरासी मध्यविन्दु नगरपालिकाका ६० वर्षीय पुरुषको भदौ २६ गते नै उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको थियो । निमोनिया र स्वासप्रश्वाससम्बन्धी समस्या पनि भएकोले उनको सो अस्पतालमा उपचार भइरहेको थियो।

यसैबीच गण्डकीको कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपालिमा ३ जना, नवलपरासीमा ४ जना र तनहुँमा एक जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितसँगको सम्पर्कका कारण उनीहरुमा कोरोना सरेको हो। पछिल्लो पटक ८ जनामा संक्रमण देखिँदा सोमबार मात्रै गण्डकीमा ४७ जना नयाँ संक्रमित थपिएका छन्।

सोमबार बिहान सार्वजनिक गरिएको सूचनामा बागलुङ बडिगाडका २ जना विदेशबाट आएर क्वारेण्टिनमा बसेकाहरु रहेका छन् भने कास्कीमा १७ जनामा संक्रमण देखिएको थियो। पोखरा महानगरपालिकाको वडा नम्बर ४ र १७ मा बस्ने ७ नेपाल प्रहरीमा कार्यरत ७ जना पनि संक्रमित भएका थिए।

जिल्ला प्रहरी कार्यालयसमेत रहेको वडा नम्बर ४ का ५ जना प्रहरीमा पनि संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको थियो। पोखरा–२३ मा १ जना, १४ मा ३ जना महिलासहित ६ जना र वडा नम्बर ७ र ८ मा १/१ जनामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जारी गरेको सूचनामा जनाइएको थियो। पोखरा–८ कि २१ वर्षीया युवती स्वास्थ्यकर्मी हुन्। उनी पोखरा महानगपालिका अन्तर्गतको स्वास्थ्य सेवा विभागमा कार्यरत छन्। अन्य संक्रमितहरु केही विदेशबाट आएका र बाँकी कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

योसँगै गण्डकीमा हालसम्म ३ हजार २० जनामा संक्रमण पुष्टि भइसकेको छ भने २९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .