ad ad

प्रविधि


अमेरिकामा टिकटक चल्ने, ओरेकलसँग सम्झौता हुने पक्का

अमेरिकामा टिकटक चल्ने, ओरेकलसँग सम्झौता हुने पक्का

नेपालखबर
भदौ २९, २०७७ सोमबार ६:३६,

यससँगै टिकटक अमेरिकामा चल्ने भएको छ।

बहुराष्ट्रिय कम्पनी माइक्रोसफ्टको प्रस्तावलाई अस्वीकार गर्दै टिकटकले ओरकलसँग सम्झौता गर्न लागेको सीएनएनले जनाएको छ।

केही समय अगाडि मात्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ कम्पनी टिकटकलाई सेप्टेम्बर १५ भित्र अमेरिकी व्यवस्थापन बेच्न वा बन्द गर्न आदेश दिएका थिए।

ट्रम्प प्रशासनले टिकटक र अन्य चिनियाँ एपहरू राष्ट्रिय सुरक्षाका लागि चुनौती भनेका छन्।

अमेरिकी व्यवस्थापनमा गएमात्र टिकटकलाई अमेरिकामा प्रतिबन्ध नलगाउने ट्रम्पले बताएपछि चिनियाँ कम्पनी बाइटडान्सबाट टिकटक किन्ने दौडमा माइक्रोसफ्ट र ओरेकल थिए।

Oracle Reportedly Wins Race To Acquire TikTok's U.S. Operations

यी कम्पनीले अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्यूजील्यान्डमा भएको टिकटकको व्यवसाय किन्न इच्छुक भएका थिए।

तर टिकटकले भने माइक्रोसफ्टसँग सम्झौता नगर्ने बताइसकेको छ। यससँगै टिकटकले ओरेकलसँग सम्झौता गर्ने भएको हो।

माइक्रोसफ्ट यस विषयमा भन्छ,‘बाइटडान्सले आज हामीलाई टिकटकको अमेरिकी व्यवस्थापन माइक्रोसफ्टलाई नबेच्ने जानकारी दिएको छ। हाम्रो प्रस्ताव टिकटक प्रयोगकर्ताहरूका लागि ठिक भएको र राष्ट्रिय सुरक्षाको प्रत्याभूति गर्ने भएकोमा हामी विश्वस्त छौँ।’

ट्रम्पले ओरेकल राम्रो कम्पनी भएको टिप्पणी गरेका थिए। ओरेकलका अध्यक्ष ल्यारी इलिसल ट्रम्पका समर्थक हुन् र उनले राष्ट्रपतिका लागि फेब्रुअरीमा चन्दा सङ्कलन गरेका थिए।ु

टिकटक र ओरेकलबीच सम्झौता हुने पक्का भएपनि उनीहरुको सम्झौताको ढाँचा कस्तो हुनेछ भनेर हालसम्म खुलाइएको छैन।

ओरेकल र टिकटक दुवै कम्पनीले यस विषयमा प्रतिक्रिया समेत जनाएका छैनन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .