ad ad

खेल


इंग्लिस प्रिमियर लिगमा एभर्टन र लेस्टर सिटीको विजयी सुरुवात

इंग्लिस प्रिमियर लिगमा एभर्टन र लेस्टर सिटीको विजयी सुरुवात

नेपालखबर
भदौ २९, २०७७ सोमबार ६:४१,

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र लेष्टर सिटीले विजयी सुरुवात गरेका छन्।

गएराति भएको खेलमा एभर्टनले टोटेनहम हट्स्परलाई १–० ले पराजित गरेको गर्यो। टोटेनहमको घरेलु मैदानमा भएको खेलमा काल्भर्ट लेविनले खेलको ५५औँ मिनेटमा निर्णायक गोल गरे।

लुकास डिनेको फ्रिकिकमा उनले हेडर गोल गरेका हुन्। एभर्टनले आफ्ना ३ खेलाडीलाई पहिलोपटक मौका दिएको थियो। टोटेनह्यामबाट भने २ खेलाडीले डेब्यु गरे।

एभर्टनबाट मिडफिल्डर जेम्स रोड्रिग्वेज, अब्दुलाए डुकुरे र अलानले डेब्यु गरे। टोटेनह्यामका डिफेन्डर म्याट डोहर्टी र मिडफिल्डर पिएर एमिल होएबिएर पहिलोपटक मैदान उत्रे।

गएराति नै भएको अर्को खेलमा लेस्टर सिटीले वेष्ट ब्रुमिच एल्बीयनलाइ ३–० ले पराजित गर्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भयो।

जेमी भार्डेले दुवै गोल पेनाल्टीमा गरे। खेलको ५६औँ मिनेटमा कास्टाग्रेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .