अस्ट्रियन डोमिनिक थिएमले पहिलो पटक यूएस ओपन टेनिसको उपाधि उचालेका छन्। तेस्रो वरीयताका थिएमले पहिलोपटक ग्रान्डस्लाम च्याम्पियन बन्ने क्रममा जर्मन खेलाडी एलेक्सान्डर भेरेभलाई ३–२ को सेटमा पराजित गरेका हुन्।
सुरुवाती २ सेटमा पछि परेका थिएमले उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचालेका हुन्। अमेरिकाको न्युयोर्कमा सोमबार बिहान भएको फाइनलमा थिएमले पहिलो र दोस्रो सेट २–६ र ४–६ ले गुमाएका थिए। तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेका थिएमले ६–४ ले आफ्नो पक्षमा पारे।
चौथो सेट पनि ६–३ ले आफ्नो पक्षमा पार्दै खेललाई बराबरीमा ल्याएका थिए। पाँचौ तथा अन्तिम सेटमा थिएम ७–६ (८–६) ले जित्दै उपाधि उचाले।
थिएम सन् २००४ को फ्रेन्च ओपनमा अर्जेन्टिनी गेस्टन गाडियापछि दुई सेट गुमाएर फाइनल जित्ने पहिलो खेलाडी समेत बने। नयाँ च्याम्पियनसँगै थिएम विश्व टेनिसमा ६ वर्षपछि नयाँ च्याम्पियन खेलाडी समेत बने।
प्रतिक्रिया