ad ad

राजनीति


योसिहिदे सुगा जापानको प्रधानमन्त्री बन्दै

योसिहिदे सुगा जापानको प्रधानमन्त्री बन्दै

नेपालखबर
भदौ २९, २०७७ सोमबार ७:६,

सत्तारुढ दल लिबरल डेमोक्य्राटिक पार्टीको नेतामा निर्वाचित भएसँग सुगा प्रधानमन्त्री बन्ने निश्चत भएको हो।

जापानी सञ्चार माध्यमहरुले यसै साताको अन्त्यसम्म सुगा प्रधानमन्त्री बन्ने जनाएका छन्। सुगा प्रधानमन्त्री सिन्जो आबे मन्त्रिपरिषदका चिफ सेक्रेटरी हुन्।

पार्टी नेतृत्वका लागि भएको चुनावमा उनले पूर्व रक्षामन्त्री सेगेरु इसिवा र पूर्व विदेशमन्त्री फुमिओ किशिदालाई पराजित गरेका छन्।

स्वास्थ्यको कारण प्रधानमन्त्री आबेले राजिनामा दिने भनेपछि सत्तारुढ दलले नयाँ नेता छनोट गरेको हो।

योसिहिदे आबेको विश्वास पात्रको रुपमा रहेका थिए। उनलाई सत्तारुढ एलडीपीको दुई ठूल गुट आबेको होसोदा समूह र वित्तमन्त्री तारो असोको समूहले समर्थन गरेको थियो।

What's Next for Japan After Shinzo Abe? | Timeआबे र सुगा

पार्टी महासचिव तोसिहिरो निकाइले पनि यसअघि नै सुगालाई समर्थन गरेका थिए। कुनै पनि गुटमा संलग्न भएर प्रधानमन्त्री बन्न लागेका सुगा दुर्लभ नेता भएको जापानी सञ्चार माध्यमहरुले जनाएका छन्।

सुगा जनता माझ निकै लोकप्रिय रहेका थिए। अब संसदमा सुगालाई प्रधानमन्त्री बनाउने कि नबनाउने भनेर निर्वाचन हुनेछ। तर सत्ताधारी पार्टीको बहुमत भएकाले उनी प्रधानमन्त्री बन्ने निश्चित छ।

आगामी वर्षको सेप्टेम्बरमा हुने मध्यावधि चुनावसम्म सुगाले प्रधानमन्त्री पद सम्हाल्नेछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .