ad ad

कारोबार


एनआईसी एसियाले सेयर धितोमै ७.७५ प्रतिशत ब्याजदरमा कर्जा दिने

एनआईसी एसियाले सेयर धितोमै ७.७५ प्रतिशत ब्याजदरमा कर्जा दिने

नेपालखबर
भदौ २९, २०७७ सोमबार ६:१६,

एनआईसी एसिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा सेयर धितोमा राखेर प्रवाह गरिने कर्जा ‘लोन अगेन्स्ट सेयर’को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ।

गतिशील बैंकिङको अभ्यास गर्दै आम ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई उचित पहिचान गरी यस बैंकले ग्राहकमाझ नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत रहेको उक्त कर्जा योजना सार्वजनिक गरेको हो।

ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत अन्य विभिन्न कम्पनीहरूको साधारण सेयर यस बैंकमा धितो राखेर १२० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस योजनाअन्तर्गत न्यूनतम एक करोडदेखि अधिकतम १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्नसक्ने व्यवस्था बैंकले गरेको छ। यसअन्तर्गत ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको छ।

सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिअनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भएपश्चात्को ४८ घण्टाभित्र नै कर्जा दिने निर्णय दिने व्यवस्था गरेको छ। साथै यसम्बन्धी जानकारी लिनको लागि ३४४८८ मा लोन (एलओएएन) टाइप गरी एसएमएस वा बैंकको निःशुल्क नम्बर १६६०–०१–७७७७१ मा फोन गरी थप जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरिएको बैंकको भनाइ छ।

ग्राहकको कर्जासम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको छ।

बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .