ad ad

समाज


बेरुत विस्फोट: ३ लाख मानिस विस्थापित

बेरुत विस्फोट: ३ लाख मानिस विस्थापित

नेपालखबर
साउन २१, २०७७ बुधबार १४:९,

लेबनानको बेरुतमा मंगलबार भएको विस्फोटबाट ३ लाख मानिस विस्थापित भएको सरकारले जनाएको छ।

सो विस्फोटमा परी कम्तीमा १ सय जनाको ज्यान गएको र ४ हजारभन्दा बढी घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन्।

‘३ लाखभन्दा बढी लेबनानी नागरिक आफ्नो घरमा सुत्न नसक्ने अवस्था छ,’ बेरुतका गभर्नर मार्वान आबुदले भने, ‘बेरुतको आधा जनसंख्या बस्ने घरहरु तत्कालका लागि बस्न नमिल्ने भएको छ।’

विस्फोटबाट करिब ५ अर्ब डलरको क्षति भएको अनुमान गरिएको छ।

मंगलबार बेरुतमा भयानक विस्फोट भएको थियो। जसको धमाका २ सय ४० किलोमिटर टाढा साइप्रससम्म महसुस गरिएको थियो। विस्फोट निश्चित कारण थाहा भइसकेको छैन। यद्यपि बन्दरगाहको गोदाममा राखिएको २७ सय टन एमोनियम नाइट्रेट विस्फोट भएको अनुमान गरिएको छ। सो पदार्थ अत्याधिक विस्फोटक मानिन्छ।

विस्फोटपछि अनेकौँ मुलुकहरुले सहयोग गर्ने प्रतिबद्धता गरेका छन्। कतारले स्वास्थ्य सामग्रीसहितको विमान पठाएको छ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ बिहीबार बेरुत पुग्दैछन्। एजेन्सी

याे पनि: 
बेरुत विस्फोट : काम गर्ने अपार्टमेन्ट ध्वस्त भयो, हामी भाग्यवश बाँच्यौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .