ad ad

कारोबार


इ-स्पोर्टसलाई साथ दिन भाइबरले सुरु गर्‍याे ‘टिम स्वर्ग’ फोर्टनाइट कम्युनिटी

इ-स्पोर्टसलाई साथ दिन भाइबरले सुरु गर्‍याे ‘टिम स्वर्ग’ फोर्टनाइट कम्युनिटी

नेपालखबर
साउन २१, २०७७ बुधबार १३:५१,

सहज सञ्चार आदान प्रदानका लागि विश्वको ठूला एपहरु मध्येको एक राकुटेन भाइबरले हालै मात्र विश्वव्यापी रुपमा परिचित ‘फोर्टनाइट’ नाम दिइएको एक इ–स्पोर्टस् प्रतियोगिता नेपालमा सञ्चालन गर्नका लागि सहयोग गरेको छ। प्रतियागिताको आयोजना ‘स्वर्ग‘ नामक एक स्वतन्त्र इ-स्पोर्टस् संगठनको सहकार्यमा भएको थियो।

नेपालमै पहिलो पटक आयोजना गरिएको यो फोर्टनाइट प्रतियोगिता यही २०७७ साल साउन ९ गते सम्पन्न भएको थियो। यस प्रतियोगिताले नेपालका इ–खेलाडीहरुलाई फोर्टनाइट खेलमा पहिलोपटक व्यावसायिक सहभागीताको अवसर दिलाएको थियो। भाइबरले प्रतियोगिताको लागि आफ्नो प्लेटफर्ममा बनाएको फोर्टनाइट कम्युनिटी ‘टिम स्वर्ग’ले भाइबरको अनलाइन् कम्युनिटीमा मानिसहरुको सशक्तिकरणलाई बढावा दिने प्रतिबद्धताको प्रतिनिधित्व पनि गर्छ।

प्रतियोगिताको प्रसारण ६ हजार भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको फोर्टनाइट नेपालका विभिन्न स्ट्रिमरहरुद्वारा गरिएको थियोे। प्रतियोगिताको विजयी टिम ‘जिबि’ रह्यो जसमा थिए यातो, क्नास सान्तोस र एसटिफोरइन्क्स। यो टिमले कूल ५७ अंक स्कोर गरी पुरस्कार वापत् रु.१० हजार नगद प्राप्त गरेका थिए।

राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ। भाइबर एफसी बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भने गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .