ad ad

समाज


नेपालमा थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

नेपालमा थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

नेपालखबर
असार २६, २०७७ शुक्रबार १०:४१,

नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ११८ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या १२० छ। हालसम्म डिस्चार्ज हुनेको संख्या आठ हजार ११ रहेको छ। जम्मा संक्रमितमध्ये ४८ दशमलव एक प्रतिशत निको भएको उनले बताए।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ८०५ जनाको पीसीआर नमूना परीक्षण भएको छ। अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ७५ हजार ९५१ जनाको परीक्षण भएको छ।

हाल क्वारेन्टिनमा २३ हजार ९१० जना र आइसोलेसनमा आठ हजार ६०३ जना रहेका छन्। मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला गरी छ वटा जिल्ला कोरोना मुक्त भएका छन्। पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला छ वटा छन्। महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

प्रवक्ता डा गौतमले संक्रमितको संख्या कम भए पनि हेलचक्य्राइँ बढेकाले स्थिति भयाभह हुनसक्ने भन्दै यसप्रति सबैलाई सचेत रहन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .