ad ad

समाज


म्याग्दी पहिरो अपडेट : ३ को मृत्यु, ३० जना बेपत्ता

म्याग्दी पहिरो अपडेट : ३ को मृत्यु, ३० जना बेपत्ता

वाशुदेव मिश्र
असार २६, २०७७ शुक्रबार १०:२७,

म्याग्दीमा बिहीबार राति परेको अविरल वर्षापछि आएको बाढी–पहिरोमा परेर ३ जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन्।

मृत्यु हुनेमा धौलागिरि गाउँपालिका ७ ताकमका २ जना र रघुगंगा गाउँपालिका–६ ,ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्याल रहेका छन्। छन्त्याललाई बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुुवेदीले जनाएका छन्।

 म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङमा २१, मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ दुखु खोलाले बगाएर एक जना महिला बेपत्ता भएकी छन्। पहिरोमा परी मराङमा २० घर, ताकममा ५ घर बिममा १० घर पूर्णरुपमा क्षति पुगेको प्रशासनले जनाएको छ।

यसैगरि मराङमा रिखका भीमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना बेपत्ता भएका हुन््। सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। ताजिमा केसी, उनका छोरा प्रकाश र सबिन पुन बेपत्ता भएका हुन्। परदेवी पुन र वीरबहादुर पुनको घर पनि बाढीले बगाएको छ। परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ।

यसैगरी मालिका गाउपालिका–७ बिमको दुलेमा पहिरोले पुरिदा विष्णु शर्मा र इच्छा शर्मा बेपत्ता भएका छन्। बिम तल्लो गाउँका पूर्ण नेपाली र वीरबहादुर नेपालीको घर पुरिदा पाँच जना बेपत्ता भएका छन्। मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढा लगायतको चार वटा गोठ पुरिएको र ६ घर तथा झोलुङ्गे पुल जोखिममा परेका छन्।

अहिले म्याग्दीमा हराएकाहरुको खोजी र उद्दार कार्य चलिरहेको छ। उद्दारको लागि हेलिकोप्टर मगाइएको पनि सहायक जिल्ला अधिकारी सुवेदीले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .