ad ad

समाज


प्रहरीले भन्याे: लाइभ गरी आत्महत्या गरिएको भिडियो अपलोड, सेयर नगराैं

प्रहरीले भन्याे: लाइभ गरी आत्महत्या गरिएको भिडियो अपलोड, सेयर नगराैं

नेपालखबर
असार २६, २०७७ शुक्रबार १०:४३,

नेपाल प्रहरीले कतिपय व्यक्तिले सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गर्दै आत्महत्या गरेका भिडियो सामाजिक सञ्जाल एवं अनलाइन पोर्टलहरुमा प्रकाशित, प्रशारित हुने गरेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोले शुक्रबार प्रेश विज्ञप्ति प्रकाशित गरी ‘यस्ता किसिमका कार्यहरु सार्वजनिक नैतिकता एवं शिष्टाचार विरुद्ध हुने, समाजमा घृणा वा द्वेष फैलाउने, साथै बिभिन्न किसिमका मानसिक पिडामा रहेका व्यक्तिहरुलाई आत्महत्या गर्नका लागि दुरुत्साहन पुर्‍याउने हुँदा नेपालको कानुन बमोजिम दण्डनीय’ हुने स्पष्ट पारेको छ।

प्रहरीले समयमै सूचना प्राप्त भएको अवस्थामा यस्ता प्रकृतिका घटनामा कतिपयको जीवन रक्षा गर्न सम्भव हुने भन्दै सहयोगका लागि सबैसँग आग्रह पनि गरेको छ।

साथै, आत्महत्या गर्न उद्देश्यले सामाजिक सञ्जालहरुमा लाइभ स्ट्रिमिङ गर्दै गरेको वा गर्न लागेको घटनाहरुका बारेमा कुनै जानकारी भएमा प्रहरी कन्ट्रोल रुमको आकष्मिक नं १०० वा नजिकको प्रहरी कार्यलयमा खबर गरी जीवन रक्षा गर्ने कार्यमा सहयोग गर्न प्रहरीले आग्रह गरेको छ।

पछिल्लो समयमा कोरोना संक्रमणलगायत विभिन्न मानसिक समस्याका कारण तनाव सहन नसकी आत्महत्या गर्ने बढिहेका छन् भने कतिपयले सामाजिक सञ्जालमा लाइभ नै गरेर आत्महत्या समेत गरेका भिडियोहरु बाहिरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .