ad ad

समाज


चीनले भारतमा पठायो ६ लाख ५० हजार कोरोना परीक्षण किट्स

चीनले भारतमा पठायो ६ लाख ५० हजार कोरोना परीक्षण किट्स

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ७:४९,

चीनका लागि भारतीय राजदूत विक्रम मिश्रीले बिहीबार भारतले चीनबाट स्वास्थ्य सामग्री सहयोग पाउने बताएका छन्।

मिश्रीले ट्वीटमा भनेका छन्,‘चीनले ६ लाख ५० हजार कोरोना परीक्षण किट्स पठाएको छ।’

आरएनए एक्ट्र्याक्सन किट र एन्टीबडी टेस्ट किट चीनले भारत पठाएको जनाइएको छ।

मिश्रीले भारत र चीनबीच भारतको कोरोना भाइरस नियन्त्रण गर्ने विषयमा थप छलफल पनि भइरहेको जानकारी दिएका छन्।

कोरोना प्रकोपकैबीच यसअघि चीनले भारतलाई १ लाख ७० हजार स्वास्थ्य सामाग्री सहयोग गरेको थियो।

चीन र भारतबीचको सम्बन्ध जटिल भएतापनि कोरोना संक्रमणका बेला चीन भारतलाई सहयोग गर्न तयार भएको हो।

भारतमा हालसम्म १२ हजार ४५६ कोरोना संक्रमित छन्। त्यहाँ ४ सय २३ को मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .