हाल जर्मनीमा एक लाख ३४ हजार ७५३ कोरोना संक्रमित छन्। त्यहाँ ३८ सय ४ को मृत्यु भएको छ। पछिल्लो समय जर्मनीमा कोरोनाको प्रभाव घट्दै गएको छ।
यसबीचमा जर्मन चान्सलर एंगेला मर्केलले देशमा लागू भएको लकडाउन खुकुलो बनाउने बताएकी छिन्।
आगामी हप्तादेखि जर्मनीमा पसलहरु खुला गरिनेछ। तर आगामी मे महिनासम्म नागरिकले व्यक्ति–व्यक्तिबीचको दुरीको नियमलाई पालना गर्नुपर्नेछ।
मानिसहरुले सार्वजनिक स्थलमा हिँड्दा र सार्वजनिक यातायात चढ्दा मास्क पनि लगाउनुपर्नेछ।
यस्तै आगामी मे महिनाबाट जर्मनीमा विद्यालयहरु खुला हुनेपनि एंगेला मर्केलले बताएकी छिन्।
मर्केलले भनेकी छिन्,‘कडा नियमको पालना गर्दा देशले कोरोना नियन्त्रण गर्नमा सफलता हात परेको छ।’
जर्मनीमा आगमी अगष्ट ३१ सम्म भिडभाड गर्न पाइनेछैन। बार, क्याफे, रेस्टुरेन्ट, सिनेमा घरहरु सोही अवधिसम्म बन्द हुनेछन्। बीबीसी
Shares
प्रतिक्रिया