ad ad

समाज


कोरोना राेकथामका लागि पोखरामा छर्न थालियो कीटनाशक औषधि

कोरोना राेकथामका लागि पोखरामा छर्न थालियो कीटनाशक औषधि

वाशुदेव मिश्र
चैत १३, २०७६ बिहिबार १०:१६,

पोखरा महानगरपालिकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्कन सुरु गरेको छ। महानगरको न्युरोडस्थित कार्यालयबाट बिहीबार कीटनाशक औषधि छर्न सुरु गरिएको हो।

बिहीबार दिउँसो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले डिसइन्फेक्सन स्प्रे सुरु गरेका हुन्। कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन कीटनाशक औषधि छर्न सुरु गरिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए।

उनका अनुसार महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालयलगायत ठाउँहरुमा कीटनाशक औषधि छरिने छ।

मेयर जिसीले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग आग्रह गरेका छन्।

महानगरमा पहिलो चरणमा १ सय लिटर कीटनाशक औषधि ल्याई छर्ने काम सुरु गरिएको र आवश्यकता अनुसार खरिद गरी मुख्यमुख्य स्थानमा कीटनाशक औषधि छर्ने योजना बनाएको छ।

यसअघि पोखरा महानगरपालिकाले कोरोनाको रोकथाम र न्यूनीकरण गर्न ३३ वटै वडा कार्यालयमा समन्वय समिति गठन गरेको थियो।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रत्येक वडामा वडा अध्यक्ष, वडासचिव र वडाको स्वास्थ्य संस्था प्रमुख रहेको तीन सदस्यीय समन्वय समिति गठन गरी कामलाई प्रभावकारी बनाउने निर्णय गरिएको पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .