ad ad

समाज


सार्क राष्ट्रको साझा कोभिड–१९ पोर्टल सञ्चालन गर्ने सहमति

सार्क राष्ट्रको साझा कोभिड–१९ पोर्टल सञ्चालन गर्ने सहमति

नेपालखबर
चैत १३, २०७६ बिहिबार १०:७,

दक्षिण एसियाली मुलुकहरुको संगठन (सार्क) का सदस्य राष्ट्रका स्वास्थ्य अधिकारीहरुले बिहीबार भिडियो कन्फ्रेन्स गरी एउटा साझा स्वास्थ्य डोमेन सञ्चालनमा ल्याउने सहमति गरेका छन्।

सार्क–कोइन डट ओआरजी नामक सो वेवसाइटमा कोभिड–१९ आपतकालिन स्वास्थ्य उपचारसम्बन्धी अनुभव तथा जानकारी आदानप्रदान गरिनेछ।

सो पोर्टललाई १३ अप्रिलसम्म सञ्चालनमा ल्याउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

कोरोनाको संक्रमण दक्षिण एसियाली मुलुकमा समेत फैलिन थालेपछि सार्क संगठनका विभिन्न निकाय तथा पक्षहरुलाई केहि दिनयता सक्रिय पारिएको छ।

HealthOfficials SAARC video

केहि दिनपहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयोजनमा सार्क राष्ट्रका सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्स गरिएको थियो।

सो कन्फ्रेन्समा कोरोनासँग जुझ्नका लागि साझा कोष स्थापना गर्ने सहमति गरिएको छ भने त्यसमा नेपाल लगायतका मुलुकले आआफ्ना तर्फबाट आर्थिक योगदानको घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .