ad ad

समाज


लकडाउन अवज्ञा गर्ने २ सय ३५ सवारीसाधन नियन्त्रणमा

लकडाउन अवज्ञा गर्ने २ सय ३५ सवारीसाधन नियन्त्रणमा

नेपालखबर
चैत १३, २०७६ बिहिबार १०:३२,

ट्राफिक प्रहरीले लकडाउन अवज्ञा गर्ने २ सय ३५ सवारीसाधन नियन्त्रणमा लिएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारको निर्णय उल्लङघन गर्ने सवारीलाई कारबाही गरिएको हो।

महानगरिय ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा दिउँसो ३ बजेसम्म २३ वटा चारपाङ्ग्रे र २ सय १२ दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिएको छ।

ट्राफिक प्रहरीले अति आवश्यकबाहेक सवारीसाधनलाई नियन्त्रणमा लिएको बताएको छ।

तरकारी, पानी फोहोर, एम्बुलेन्स, सुरक्षाकर्मीका गाडिलाई भने निर्बाधरुपमा चल्न दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

अति आवश्यक कामबाहेक बाहिर ननिस्किन प्रहरीले सर्वसाधारणलाई पनि अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .