धनुषामा बीभत्स हत्या गरिएकी युवतीको परिचय खुलेको छ।
मृतक धनुषाको मिथिला नगरपालिका १ लक्ष्मीनिबासस्थित कामेश्वर महतोकी २५ वर्षीया छोरी इन्द्रकलाकुमारी महतो रहेको प्रहरीले जानकारी दिएको हो।
इन्द्रकलाको शव धनुषा धनुषाधाम नगरपालिका ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्गदेखि २ किलोमिटर दक्षिण पदम थापाको आँपको बगैंचामा बुधबार साँझ फेला परेको थियो।
उनको टाउमा केही वस्तुले हानेको देखिएको छ। बलात्कार गरेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
स्थानीयका अनुसार इन्द्रकलाको घर गौशाला नगरपालिकामा छ। उनी सोमबार नै बस चढेर माइत आउन लगेकी थिइन्।
ढल्केवरमै बसबाट ओर्लिएर माइत पुग्नुपर्नेमा त्यहाँबाट कसरी ७ किलोमिटर पूर्व हत्या गरिएको अवस्थामा फेला परिन् भन्ने विषयमा अनुसन्धान भइरहको छ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए।
यो पनि : धनुषामा एकजना युवतीको विभत्स हत्या, आँप बगैँचामा भेटियो शव
Shares
प्रतिक्रिया