तीस लाख मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नम्बरको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा सामान फेला परेको प्रहरीले जनाएको छ। ट्रकका चालक पर्साको जगरनाथपुर गाउँपालिका–१ का ४५ वर्षीय लालबाबु महरा पनि पक्राउ परेका छन्।
उक्त ट्रकमा भएको मालसमानसहित ३० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ। रासस
12
Shares
प्रतिक्रिया