बार्सिलोना कोपा डेल रेको अन्तिम १६ बाट बाहिरिएको छ।
एथ्लेटिक बिल्बाओसँग पराजित हुँदै बार्सिलोना अन्तिम १६ बाट बाहिरिएको हो। बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओ ३–२ ले विजयी भएको हो।
खेलको दोस्रो मिनेटमा एकर मुनिआईको गोलमा एथ्लेटिक बिल्बाओले अग्रता लिएको थियो।
२० औं मिनेटमा बार्सिलोनाका फेरान टेरोसले बार्सिलोनाको लागि गोल गर्दै खेल बराबरीमा ल्याए।
दोस्रो हाफको ८६ औं मिनेटमा एथ्लेटिक बिल्बाओको लागि इनिगो मार्टिनेजले गोल गरे र टोलीलाई पुनः अग्रता दिलाए।
तर, खेलको इन्ज्युरी समयमा बार्सिलोनका गोन्जालेज लोपेजले गोल गर्दै पुनः खेल बराबरीमा ल्याएका थिए।
त्यसपछि भने खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो। खेलको १०५ औं मिनेटमा पाएको पेनाल्टीमा एथ्लेटिक बिल्बाओका मुनिआईले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए।
Shares
प्रतिक्रिया