लामाहरु माने घुमाउँछ्न्, ॐ मणिपद्द्मे हुँ जप्छ्न्। प्राय:उनीहरु गम्भीर देखिन्छ्न्।
तर, पोखरामा आयोजित एक कार्यक्रममा लामाहरु रोमान्टिक देखिए। उनीहरुले मुकुन्डो लगाए। मुकुन्डो लगाउनु के थियो? उनीहरु लामा रहेनन्। मुकुण्डोमा देखिएको आकृतिजस्ता पो भए।
बाजा बजाउने लामाको तालमा उनीहरु ढल्कीढल्की नाचे। उपल्लो मुस्ताङको लोमन्थाङमा मनाइने सांस्कृतिक पर्व तिजीकोे झल्को दिए।
वौद्धमार्गीहरुको फुदो बज्रकिलाया पुजाको अवसर पारी पोखराको याम्दीमा रहेको पेमा छाल शाक्य गुम्बामा सो नाच देखाइएको हो। हिमालपारिको जिल्ला मुस्ताङको लो सात क्षेत्र लोमन्थाङमा सांस्कृतिक पर्वको रुपमा रहेको तिजीमा प्रस्तुत गरिने लामा नृत्य यो पटकदेखि पोखराको हेम्जामा रहेको शाक्य गुम्बामा प्रदर्शन गरिएको हो।
गुम्बाले बज्रकिलाया मण्डला पुजा र तिजी फरक हुन्। तर, लामा नाचले तिजीको झल्को दियो। गुम्बाले अघिल्लो वर्षहरुमा एघार दिनको पुजा मात्रै लगाउँथ्यो। यो पटक भने पुजासँगै लामाहरुको सामुहिक मास्क नृत्यको आयाजना गरिएको गुम्बाका लामा गुरु टासी आंगेल लामाले बताए।
पुजामा विशेष गरी सुरुको दिन साजोक गरी मण्डला निर्माण गरी देवी देवताहरुको मुकुट आकारको आकृतिबनाई पुजा गरिने र अन्तिम दिन त्यही मंडलामा रहेको आकृतिहरुको मुकुट निर्माण गरि लामाहरुले लगाएर सामुहिक नृत्य गरी त्यसलाई समापन गरिएको लामाको भनाइ रहेको थियो।
प्रतिक्रिया