ad ad

समाज


कुकुर र बाँदरसँगै ठेकेदारको फोटो झुण्ड्याएपछि.....

कुकुर र बाँदरसँगै ठेकेदारको फोटो झुण्ड्याएपछि.....

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार १५:५६,

दुई वर्षमा निर्माण बनिसक्नुपर्ने भत्केकोपाटी–नगरकोट सडक साढे सात वर्षमा पनि नबनेपछि स्थानीयबासीले ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटो कुकुर र बाँदरसँगै झुण्ड्याएका छन्।

नगरकोट आसपासका सार्वजनिक स्थान र त्यहाँ चल्ने सवारीहरुमा ठेकेदार अधिकारीका फोटा टाँगिएको छ। सार्वजनिक स्थानमा टाँगिएका ठेकेदार अधिकारीको फोटो भन्दा माथि कुुकर र बाँदरको फोटो राखेर लेलिएको छ, ‘शारदा अधिकारी ठेकेदार, सडकको कालोपत्र छिटो गर।’

अधिकारी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका घरभेटी हुन्। काठमाडौंका विभिन्न स्थानमा निर्माणको जिम्मा लिएको उनको कम्पनी शैलुङ कन्स्ट्रक्सनले जताततै काम अलपत्र छोडेको भन्दै बेला बेलामा आलोचना हुने गरेको छ।

२ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेर सडक छिटो बनाउन माग गर्दै केही समय अघिदेखि स्थानीयबासिन्दा आन्दोलनमा छन्। जति आन्दोलन गरेपनि ठेकेदारले नसुनेपछि विरोधको नयाँ शैली अपनाउन परेको स्थानीयको भनाई छ।

एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट हुँदै नगरकोटसम्म पुग्ने ४० किलोमिटर सडक दुई वर्षभित्रै सम्पन्न गर्ने जिम्मा शैलुङ कन्सट्रक्सनले पाएको छ। तर, साढे सात वर्ष पुगिसक्दा पनि काम कहिले सकिने भन्ने टुंगो छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .