ad ad

कारोबार


नेपाल एयरलाइन्सले ग्वान्जाओमा खटायो म्यानेजर, हङकङमा नवराज र कल्पना

नेपाल एयरलाइन्सले ग्वान्जाओमा खटायो म्यानेजर, हङकङमा नवराज र कल्पना

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार १६:२१,

नेपाल एयरलाइन्सले चाँडै काठमाडौं ग्वान्जाओ सिधा उडान गर्ने तयारी अनुसार पहिले पटक म्यानेजर लगायतका कर्मचारी खटाएको छ।

नेपाल एयरलाइन्सको काठमाडौंस्थित मुख्यालयले मंगलबार विभिन्न देशका लागि नयाँ म्यानेजर, स्टेशन म्यानेजर र लेखा प्रमुख तोक्ने क्रममा पहिलो पटक चीनको ग्वान्जाओमा पनि कर्मचारी खटाएको हो।

ग्वान्झाओ स्टेशन म्यानेजरमा तेज बहादुर थापा र लेख प्रबन्धकमा सुनिल कुमार श्रेष्ठलाई पठाउने जनाएको छ। मंगलबार प्रकाशित सूचीमा उनीहरूको नाम छ। नेपाल एयरलाइन्सका एक अधिकारीले केही साताभित्रै काठमाडौं ग्वान्जाओ उडान सुरु हुने बताए।

त्यस्तै हङकङ कन्ट्री म्यानेजरमा नवराज उपाध्याय, स्टेशन म्यानेजरमा कल्पना काफ्ले र लेखा प्रबन्धकमा अजय विक्रम शाह आउने भएका छन्।

मलेसियाको क्वालालम्पुरमा नरेश कुमार श्रेष्ठ, भारतको मुम्बईमा नवराज कोइराला, भारतकै नयाँ दिल्लीमा नारायणप्रसाद पौडेल र कतारको दोहामा प्रेमप्रसाद उप्रेती कन्ट्री म्यानेजर तोकिएका छन्। त्यसैगरी जापानको ओसाकामा कुमारी गिता चन्द, भारतको बैंगलोरमा रिता देवी राई र थाइल्याण्डको बैंककमा होम प्रसाद पराजुली कन्ट्री म्यानेजर तोकिएका छन्।

स्टेशन म्यानेरमा चीनको ग्वान्झाओमा तेज बहादुर थापा, भारतको बैंगलोरमा अरुण वैद्य, मलेसियाको क्वालालम्पुरमा युवराज आचार्य, कतारको दोहामा उज्वल दाहाल तोकिएका छन्।

लेख प्रबन्धकहरूमा न्यू दिल्लीमा राजेन्द्र बहादुर शाही, मुम्बईमा निरेन्द्र कार्की, ओसाकामा सरोज पन्थी, ग्वान्झाओमा सुनिल कुमार श्रेष्ठ, बैंगलोरमा सूर्य बहादुर नेपाली र बैंककमा सरिता थापा रहेका छन्।

यी सबै कर्मचारी दुई वर्षका लािग ती स्टेशनमा सरुवा गरिएका हुन्।

airlist

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .