रोल्पामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्।
माडी गाउँपालिका–२ घर्तीगाउँमा रा.१ ज ३८२ नम्बरको जिप सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिपका चालक सोही गाउँपालिका–६ बस्ने ५१ वर्षीय लुद्र घर्तीसहित चार जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा २ पुरुष र १ महिला गरी ३ जनाको घटनास्थलमै र १ जना महिलाको स्मृती हस्पिटल घर्तीगाउँमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ६० वर्षीया कनचना विक र २१ वर्षीया मिना घर्तीमगरको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ।
30
Shares
प्रतिक्रिया