बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा नबढ्ने गरी निक्षेप संकलन गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरी ब्याजदर नबढाउने शर्तमा निक्षेप संकलन गर्नुपर्ने बताएको हो।
तर, आफूसँगै रहेको निक्षेपलाई पूनः बोलकबोल गरी नवीकरण गर्नुपरेमा प्रकाशित ब्याजदरमा ० दशमलव १ प्रतिशत विन्दुसम्म थप गरी निक्षेप संकलन गर्न सकिने सर्कुलरमा बताइएको हो।
संस्थागत मुद्दती निक्षेपबाहेक अन्य निक्षेपको हकमा भने राष्ट्र बैंकले प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत बिन्दुसम्म बढाउन सकिने व्यवस्था खारेज गरेको हो।
नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारण विधिबारे नयाँ निर्देशन दिएको छ। राष्ट्र बैंकले यसअघि १० प्रतिशतले मात्र ब्याजदर बढाउँन पाउने गरि जारी गरेको निर्देशन खारेज गर्दै नयाँ निर्देशन जारी गरेको हो।
जस अनुसार अब इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदर (उपबुँदा ५ को प्रतिबन्धात्मक वाक्यांश र उपबुँदा ७ ले तोकेका खाताबाहेक) को औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन्।
यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर उपबँुदा ५ को व्यवस्थाको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्नेछ।
Shares
प्रतिक्रिया