ad ad

राजनीति


नेपाल र चीनबीचको सम्बन्ध हिमाल झैँ अटलः प्रधानमन्त्री ओली

नेपाल र चीनबीचको सम्बन्ध हिमाल झैँ अटलः प्रधानमन्त्री ओली

नेपालखबर
असोज ६, २०७६ सोमबार १५:२७,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीनबीचको सम्बन्ध हिमालझैं उच्च र अटल रहेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित दुई पार्टीबीचको विचारधारात्मक छलफल कार्यक्रमको सोमबार उद्घाटन गर्दै दुई मुलुकबीचको सम्बन्धलाई हिम नदीझैं स्वच्छ र अविछिन्न रहेको पनि बताए। प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको मित्रता खुला, स्वतन्त्र र अटल रहेको पनि स्पष्ट पारे।

दुई मुलुकबीचको मित्रता स्वर्थहरुको लेनदेनभन्दा माथि तथा आपसी सम्मान, शान र सहयोगमा आधारित रहेको प्रधानमन्त्री ओलीको भनाई थियो। ‘हाम्रा मित्रता खुला छ, स्वतन्त्र र अटल छ। हामी एक अर्काका सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछौं,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘हाम्रो मित्रता स्वार्थहरुको लेनदेनभन्दा धेरै माथि छ, आपसी शान, सम्मान अनि सहयोगमा आधारित छ। हाम्रो दुई देशबीच समस्यारहित सम्बन्ध छ। हामीले हाम्रो मित्रतालाई पारस्परिक लाभ र सहयोगको भावनामा अघि बढाईरहेका छौँ।’

धानमन्त्री ओलीले समयक्रममा दुई देशबीच आईपर्ने समस्याहरुलाई मैत्रीपूर्ण आपसी संवादको माध्यामबाट अघि बढाउने पनि बताए। उनले नेपाल ‘एक चीन नीति’ प्रति स्पष्ट र दृढ रहेको पनि बताए।

प्रधानमन्त्री ओलीले नेपाल चीनसँगको सहकार्यबाट विकास निर्माणको कामलाई अघि बढाउन सक्नेमा विश्वस्त रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .