ad ad

राजनीति


एनसेल प्रकरणबारे बाेल्दा संसदीय समिति परिवर्तन गरिएका सांसदकाे फेरियाे बाेली

एनसेल प्रकरणबारे बाेल्दा संसदीय समिति परिवर्तन गरिएका सांसदकाे फेरियाे बाेली

नेपालखबर
असोज १, २०७६ बुधबार १३:४७,

एनसेल कर विवादबारे सर्वोच्च अदालतको फैसला अध्ययन गर्ने प्रस्ताव गरेपछि एउटा संसदीय समितिबाट हटाएर अर्कैमा पठाइएका सांसद सञ्जय गौतमले आफ्नै सहमतिमा समिति परिवर्तन गरिएको दाबी गरेका छन्।

फैसला अध्ययन गर्ने प्रस्ताव गरेपछि गृह जिल्ला बर्दिया पुगेका बेला गौतमलाई भदौ २२ गते प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिबाट विकास तथा प्रविधि समितिमा स्थानान्तरण गरिएको थियो।

त्यसबारे सांसद गौतमले आफू अनभिज्ञ रहेको सञ्चारमाध्यममार्फत बताउँदै आएका थिए। तर, बुधबार उनले प्रकासित गरेको विज्ञप्तिमा ‘आफ्नो सहमतिमै समिति स्थानान्तरण गरिएको र त्यसबारे आएका समाचार भ्रामक भएको’ बताएका छन्। एनसेल काण्डमा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम जोडिएपछि सांसद गौतमले बोली फेरेका स्रोतको दाबी छ।

गौतमले भनेका छन्, ‘मेरो पूर्ण सहमतिमा प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट बिकास तथा प्रविधि समितिमा स्थानान्तरण गरिएको हो। तर विभिन्न सञ्चारमाध्यमहरुमा ‘एनसेल कर सम्बन्धी’ बिषयसँग जोडी काँग्रेस सभापति एवं संसदीय दलका नेतालाई समेत बदनाम गराउने एवं आम नागरिकमा भ्रम फैलाउने उद्देश्यका साथ प्रकाशन भएका समाचारहरुप्रति गम्भीर आपत्ती प्रकट गर्दछु।’

यस्तो छ गौतमको विज्ञप्ति

sanjaya press release

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .