ad ad

राजनीति


सभामुखको अभिव्यक्ति कानुनी सर्वोच्चता विपरितः सांसद अधिकारी

सभामुखको अभिव्यक्ति कानुनी सर्वोच्चता विपरितः सांसद अधिकारी

नेपालखबर
असोज १, २०७६ बुधबार १४:११,

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले कानुनको सर्वोच्चता कायम हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले बाँके घटनाको जाहेरी दर्ता नगरेर संसद नै अवरुद्ध गर्नुपर्ने अवस्था श्रृजना हुनुले कानुनको सर्वोच्चता स्वीकार नगरेको स्थिति देखिएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

संसदीय समितिले सरकारलाई काम गर्न नदिएको भन्ने प्रधानमन्त्रीको भनाई उदृत गर्दै प्रतिनिधिसभाका सभामुखले संसदीय समितिले सरकारलाई नियन्त्रण गर्न पाउँदैन भन्ने अभिव्यक्ति दिनु संसदीय सर्वोच्चता विपरित भएको दाबी सांसद अधिकारीले गरे। उनले शक्ति सन्तुलन र शक्ति पृथकिकरणको सिद्धान्त सरकारबाट नै पालना नहुँदा संविधानमाथि प्रश्न उठाउनेहरुले स्थान पाउने भन्दै त्यस तर्फ गम्भीर बन्न आग्रह गरे। संविधान दिवस भव्यताका साथ मनाउने तयारी गरिरहँदा सरकारले संघीयताको मर्म अनुसार संविधान कार्यान्वयन गर्न नसकेको टिप्पणी पनि गरे।

उनले राजनीतिक नेतृत्वले आफ्नो कुशलता प्रर्दशन गर्न नसक्दा नेतृत्वमाथि आक्रमण हुने क्रम बढेको र त्यो सामाजिक सञ्जालमा विस्तार हुदै जाँदा अन्तत संविधानमाथि नै प्रतिकुल असर पर्ने भएकाले त्यस तर्फ गम्भीर बन्न आग्रह गरे।

नेकपाका सांसद रामनारायण विडारीले संसदमा कानुनी शासन कायम हुन नसकेको भन्दै सभाअध्यक्षको ध्यानाकर्षण गराए। संविधानको धारा ७६ को उपधारा १० मा मन्त्रीहरु र प्रधानमन्त्री सदन प्रति व्यक्तिगत र सामुहिक रुपमा जवाफदेही हुन्छ भनी लेखिएको तथा राष्ट्रियसभाको नियमावलिको नियम १५ को उपनियम २ मा सदनको शुन्य समयमा बोलेको र विशेष समयमा बोलेको कुरामा ५ दिन भित्र सदनमा उपस्थित भई मन्त्रीहरुले जवाफ दिनुपर्ने व्यवस्था गरिएको स्मरण गराउदै उनले ती व्यवस्थाको कार्यान्वयन हुन नसकेकोमा सभाअध्यक्षको ध्यानाकर्षण गराए। उनले चाडवाड सुरु भएपछि हुने बजार अनुगमन, अनुगमनका नाममा सरोकारित निकायसँग हुने मिलेमतो, बजार मुल्य सडकको दुराअवस्था लगायतमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .