प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले भेट गरेका छन्। भेटका लागि स्टेट काउन्सिलर वाङ अपराह्न ५ बजे बालुवाटार पुगेका थिए।
नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय वार्तापछि वाङ प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारमा पुगेका हुन्।
द्विपक्षीय वार्तापछि नेपाल र चीनबीच तीन विषयमा सम्झौता भएको थियो।
प्रतिक्रिया