ad ad

राजनीति


पूर्व प्रधानमन्त्री भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः थापा

पूर्व प्रधानमन्त्री भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः थापा

नेपालखबर
भदौ २३, २०७६ सोमबार १२:४७,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दलितहरुको एक कार्यक्रममा हिन्दु धर्मको बिषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन्।

थापाले पूर्व प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले भड्काउ अभिव्यक्ति दिनु र धर्म परिवर्तनमा उक्साउनु संविधानको मर्म र भावना बिपरित भएको दाबी गरेका छन्। हिन्दु धर्मले जन्मको आधरमा कहिँ कतै छुवाछूतको कुरा उल्लेख नगरेको बताउँदै थापाले धार्मिक ग्रन्थ राम्ररी अध्ययन गर्न भट्टराईलाई सुझाउ पनि दिए।

थापाले जातीय द्वन्द्व हुने तर्क गर्दै हिँड्नु जिम्मेवार ब्यक्तिको लागि अशोभनीय भएको बताए। हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुक ठुला दल, ठुला कर्मचारी र ठुला व्यवसायीको सेटिङमा मनपरी ढंगले सञ्चालन भएको आरोप लगाए। ‘मुलुकमा मनपरी छ, जसले जे गरेनी हुने अबस्था आय , कोही कसैसँग डराउनु नपर्ने भयो’ थापाले भने।

उनले वाईडबडी, ३३ क्विन्टल सुन, बालुवाटार जग्गा, एनसेल कर, मेलम्ची, बुढीगण्डकी प्रकरण ब्रम्हलुटको नमुना भएको दृष्टान्त दिए।

कार्यक्रममा राप्रपाका सह–महामन्त्री भक्ती सिटौला, सहायक महामन्त्री राजाराम बर्तौला, जिल्ला अध्यक्ष मधु अधिकारी, शिबराम थापा नगर अध्यक्ष गुरु सापकोटा, बालकुमारी डल्लाकोटी, खिल प्रसाद चौलागाईं लगायतले बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .