ad ad

कारोबार


बैंकहरुलाई प्रविधिमा पर्याप्त लगानी गर्न राष्ट्र बैंकको निर्देशन

बैंकहरुलाई प्रविधिमा पर्याप्त लगानी गर्न राष्ट्र बैंकको निर्देशन

नेपालखबर
भदौ २३, २०७६ सोमबार १२:३८,

ह्याकरले एटीएम ह्याक गरी करोडौँ निकालेपछि राष्ट्र बैंकले बैंकहरुलाई प्रविधिमा पर्याप्त लगानी गर्न निर्देशन दिएको छ। वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुलाई सोमबार बोलाएरै राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निराैलाका अनुसार आज राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकरहरुलाई बैंकिङ प्रविधिको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका हुन्। डा. नेपालसँग बैंकरहरुले पनि आफूहरु ह्याकिङको घटनाबाट गम्भीर भएको बताउँदै बैंकिङ सेवालाई सुरक्षित बनाउन दृढ रहेको बताएका थिए। १४ गते भएको एटीएम ह्याकिङले नेपाली बैंकिङ क्षेत्रलाई नै सशंकित बनाएको थियो। ह्याकिङ घटनामा चिनियाँ तथा फ्रान्सका नागरिक पक्राउ परेका थिए। उनीहरुले साढे तीन करोडभन्दा बढी नेपाल र भारतका एटीएमबाट नेपाली बैंकको रकम निकालेका थिए।

त्यसमध्ये राष्ट्र बैंकले सम्बन्धित बैंकलाई नेपालबाट ह्याकरले निकालेको रकम फिर्ता गरिसकेको छ। प्रहरीले उक्त घटनामा संलग्न चिनियाँबाट र तिनले साटेका मनी चेन्जरबाट रकम बरामद गर्न सफल भएको थियो। कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा राष्ट्र बैंकले छानबिन तथा अध्ययन टोली गठन गरेर घटनाको छानबिन गरेको थियो।

छानबिन प्रतिवेदन समितिले केही दिनअघि नै बुझाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .