सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।
संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा सुरु भएको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरु सहभागी छन्।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा् बाबुराम भट्टराई, र अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेताहरु सहभागी रहेका सभामुख निकट स्राेतले जानकारी दिएकाे छ।
सभामुख सापकोटाले प्रधानमन्त्री केपी ओलीलाई समेत खबर पठाएपनि उनी बैठकमा सहभागी भएका छैनन्।
प्रतिक्रिया