ad ad

राजनीति


प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ : वामदेव गौतम

प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ : वामदेव गौतम

नेपालखबर
माघ १४, २०७७ बुधबार ७:५०,

 नेकपाका उपाध्यक्ष एवं ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका छन्।

बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै गौतमले आफ्नो भित्री चाहान प्रतिनिधि सभा पुनर्स्थापना भएको बताए।

उनले प्रतिनिधि सभा पुनर्स्थापना भए दुई वर्षभित्र पार्टी पनि एक बनाउने दावी गरे।

‘प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भन्ने मेरो चाहाना हो’, उनले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापना भयो भने अर्को चुनावअघि पार्टी एकता गराउछु।’

उनले आफूहरु जनताको बहुदलीय जनवादको पक्षधर रहेको र जनताको बहुदलीय जनताले संविधानको सर्वोच्चता स्वीकार गर्ने बताए।

उनले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै सर्वोच्चको फैसला स्वीकार गर्नुपर्ने बताए।

‘हामी प्रतिनिधि सभाको पुनर्स्थापनाका पक्षमा छौँ, अदालतले पुनर्स्थापना नगरे निर्वाचनमा जानुपर्छ’, उनले भने।

उनले निर्वाचन भयो भने आफूले दुवै नेकपाका एकताका पक्षधरहरुलाई भोट माग्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .